काठमाण्डाैलाई सडक मानवमुक्त घाेषणा गरिँदै, कसैले पनि सडकमा सुत्न नपर्ने !

 मंसिर २९, २०७६ आइतबार ७:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आज (आइतबार) महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गर्दैछ ।  

आफ्नो २५ औँ महानगर दिवसका अवसरमा आज विशेष कार्यक्रम गरी महानगरपालिकाले महानगरलाई सडक मानवमुक्त घोषणा गर्ने भएको हो । 

मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरीको सहयोगमा काठमाण्डौ महानगर क्षेत्रलाई सडक मानवमुक्त बनाउन लागिएको मानव सेवा आश्रमका उपाध्यक्ष धर्मेन्द्र पौडेलले जानकारी दिनुभयो । 

सडकमा कोही पनि बेसहारा, असहाय छोडिन नपरोस् भनेर सडक मानव मुक्त महानगर घोषणा गर्न लागिएको उहाँले बताउनु भयो । 

अब काठमाण्डौ महानगरभरि कोही पनि मानिसले सडकमै रात बिताउनुपर्ने अवस्था नहुने, सडक मानवलाई उद्धार गरेर आश्रममा राखिने उपाध्यक्ष पौडेलको भनाइ छ । 

यसअघि मकवानपुर जिल्ला मानवमुक्त सडक घोषणा गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया