प्रिमियर लिगमा लिभरपुलकाे अपराजित यात्रा कायमै, वार्टफाेर्डविरुद्ध माेहमद सलाहकाे २ गाेल

 मंसिर २९, २०७६ आइतबार ८:५१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले आफ्नो अपराजित खेलको संख्या ३३ पुर्‍याएकाे छ । 

यो सिजनका अहिलेसम्मका १७ खेलमा अपराजित रहेको लिभरपुलले अंक तालिकामा ११ अंकको अग्रता पनि कायमै राखेको छ । गएराति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वाटफोर्डलाई २–० गोलले हराएको हो । 

लिभरपुलको जितमा दुवै गोल मोहमद सलाहले गरे । प्रिमियर लिगमा दोस्रो स्थानको लेस्टर सिटीले रेलिगेशन जोनको नर्विच सिटीसँग १–१ गोलको बराबरी खेलेको छ भने चेल्सी बर्नमाउथसँग १–० ले पराजित भएको छ ।

लेस्टर सिटीसँग बराबरी खेले पनि नर्विच सिटी रेलिगेशनमा पर्ने सम्भावना भने टरेको छैन । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया