सिन्धुपाल्चोकमा बस दुर्घटना, १२ जनाकाे ज्यान गयाे

 मंसिर २९, २०७६ आइतबार ९:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेक – दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । 

अरनिको राजमार्ग अन्तर्गत लामोसाँघु जिरी सडकखण्डको ६ किलो भन्ने ठाउँमा आइतबार बिहान बस पल्टिँदा १२ जनाको ज्यान गएको र १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।  अहिले उद्धारको काम भैरहेको र घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

कालिञ्चाेक मन्दिर दर्शनका लागि रिजर्भ गरेर फर्किएको बा ४ ख ४४६८ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटना भएको हो । 

गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।

घाइतेमध्ये दुई जनालाई काठमाण्डाै पठाइएकाे अन्यको खाडीचौरमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयवासीद्वारा उद्धार कार्य जारी छ ।

तस्बिर : स्थानीय बासिन्दा रविन बस्नेतकाे फेसबुकबाट

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया