एक वर्षपछि नेकपाको स्थायी समिति बैठक बस्दै

 मंसिर २९, २०७६ आइतबार १०:५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक एक वर्षपछि आइतबार बस्दैछ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेका लागि बोलाइएको नेकपाले जनाएको छ । 

बैठकले एक वर्षको बीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गर्ने, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने र पार्टीले गरेको कामको ६ महिने कार्ययोजना पारित गर्ने तयारी छ । 

स्थायी समिति बैठकअघि सचिवालयको बैठक बस्दैछ ।

तीन–तीन महिनामा स्थायी कमिटीको बैठक बस्नुपर्ने भए पनि विभिन्न कारण देखाउँदै एक वर्षदेखि नेकपाको स्थायी समिति बैठक बस्न सकेको थिएन । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया