सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाएका १४ मध्ये ५ को सनाखत

 मंसिर २९, २०७६ आइतबार १४:०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनामध्ये ५ जनाको परिचय खुलेको छ । 

दोलखाको कालिञ्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामो साँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा ८ महिला, ३ पुरुष, २ बालक र एक बालिकाको ज्यान गएको हो । 

ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का सुकबहादुुर तामाङ, जुुगल ६ का ७ वर्षीया सविना तामाङ, दोलखा भिमेश्वर नगरपालिकाकी जुनुुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षीया मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का महेश तामाङको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश खनालले जानकारी दिनुुभयो । 

दुुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको हेम्स अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै २ जनाको धुलिखेल अस्पताल, २ जनाको केएमसी अस्पताल र एक जनाको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दोलखाको कालिञ्चोक दर्शन गरी फर्केका उनीहरु शनिबार सिन्धुपाल्चोकको मुढेमा बास बसि बिहान भक्तपुरको सूूर्यविनायक फर्कँदै गर्दा ६ किलोमा दुर्घटना भएको प्रहरी निरीक्षक खनालले जानकारी दिनुुभयो । 

गएको कात्तिकमा पनि सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया