फागुनदेखि नेपाल एअरलाइन्सले चीन र जापानको नारितामा उडान गर्ने

 मंसिर २९, २०७६ आइतबार १५:५०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल वायुसेवा निगमले जापानको नारिता र चीनको ग्वानझाउमा उडान गर्ने भएको छ ।

मंसिर २६ गते बसेको निगमको कार्यकारी समितिको बैठकले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर दुई नयाँ गन्तव्यमा उडान गर्ने निर्णय गरेको हो ।

निगमले अहिले जापानको ओसाकामा उडान गरिरहेको  छ तर त्यहाँ भन्दा धेरै नारिताबाट यात्रु पाउने अपेक्षा छ । यस्तै लामो समयदेखि चीन उडान गर्ने तयारी गरे पनि असफल भएको निगमले ग्वानझाउमा पनि उडान गर्ने भएको हो । 

जस अनुसार जापानको नारिता मार्चको पहिलो साताबाट र चीनको ग्वानझाउ मार्चको दोश्रो साता उडान गर्ने भएको छ । यी उडान थपिएपछि पर्यटकहरुको संख्यामा उल्लेखनीय वृद्धि हुनुको साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेे निगमले दावी गरेको छ ।

यी दुई गन्तव्यको उडान थपिएपछि ए ३२० न्यारोबडी र ए ३३० वाइडबडीले उडान घण्टामा वृद्धि गर्नेछन् ।

यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वानझाउ, भारतको दिल्ली, बेंगलाेर,मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रिय स्तरमा १० गन्तव्य हुनेछन् । 

निगमसँग हाल दुई ए३२० न्यारोबडी र दुई ए ३३० वाइडबडी विमानहरु रहेका छन् । निगमले विमानहरुको उडान घण्टाको आधारमा अन्य गन्तव्य विस्तारमा जवाफदेहितापूर्ण र उच्च सक्रियताका साथ क्रियाशील हुने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरेको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया