पोखरा प्रिमियर लिग : पोखरा पल्टनद्वारा काठमाण्डाै गाेल्डेन्स ९ विकेटले पराजित

 मंसिर २९, २०७६ आइतबार १८:१७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरा प्रिमियर लिगकाे उद्घाटन खेलमा साविक विजेता पोखरा पल्टनले काठमाण्डौ गोल्डेन्सलाई ९ विकेटले पराजित गरेकाे छ ।

पोखरा मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डौले निर्धारित ओभरमा ८ विकेटको नोक्सानीमा ११५ रन बनाएको थियाे। 

जवाफमा पोखराले १४ ओभर एक बलमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । मध्यम सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेको थियो । उसका ओपनर आरिफ शेख १४ रनमा आउट भए । त्यसपछि कुशल भुर्तेल र रवीइन्दर सिंहले ८८ रनकाे उत्कृष्ट  अर्धशतकीय साझेदारी गरे ।

पोखराका लागि कुशलले ६५ अर्धशतकीय पारी खेले । उनले ४३ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । जारी प्रतियोगितामा कुशल अर्धसतक बनाउने पहिलो खेलाडी बनेका छन् । यस्तै उनलाई दरिलो साथ दिएका रवीइन्दरले पनि ३८ रन बनाए ।

झण्डै चार वर्षपछि घरेलु क्रिकेटमा फर्किएका अमृत भट्टराईले मात्र एक ओभर बलिङ गर्न पाए । उनले एक ओभरमा नौ रन खर्चिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया