पानी पर्ने माैसमी प्रणाली नेपालबाट बाहिरियाे, आजदेखि माैसममा सुधार हुने

 मंसिर ३०, २०७६ सोमबार ८:३८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तीन दिनदेखि अस्तव्यस्त रहेको मौसम सोमबारदेखि सुधार हुने मौसमविद्ले बताएका छन् । 

पानी पार्ने मौसमी प्रणाली नेपालबाट बाहिरिइ सकेकाले अब कम्तीमा तीन दिन पानी र हिउँपर्ने सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

तर केही ठाउँको आकाशमा सोमबार पनि बादल भने लाग्ने उहाँले बताउनु भयो । तराइका क्षेत्रमा अहिले लागेको हुस्सु पनि बिस्तारै हट्दै जाने उहाँको भनाइ छ । 

सोमबार बिहान साढे ६ बजे काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।  

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया