पाेखरा प्रिमयर लिग : विराटनगर टाइटन्स टस जितेर धनगढीविरुद्ध बलिङ गर्दै

 मंसिर ३०, २०७६ सोमबार ९:३४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत सोमबारको पहिलो खेलमा टस जितेर विराटनगर टाइटन्सले एक्सपर्ट धनगढीविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ । 

धनगढी दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ भने विराटनगर टाइटन्स प्रदीप ऐरीको कप्तानीमा छ । पोखरा रंगशालामा पौने ९ बजे खेल सुरु हुनुपर्ने भए पनि मैदानमा शीतका कारण खेल केहीबेर ढिलो सुरु भएको छ ।  दुवै टिम जित निकाल्दै प्रतियोगिता सुरु गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । 

विराटनगरको टिममा प्रदीप ऐरी, सुनिल धमला, लभ कामत, लोकेश बम, राजेश पुलामी, किशोर महतो, पुनित मेहरा, मोहम्मद जइद, जितेन्द्र मुखिया, दिलिप नाथ, राजु रिजाल सहाव आलम छन् । यसैगरी दीपेश श्रेष्ठ, मनिष थापा र पुष्प थापा पनि विराटनगरको टिममा रहेका छन् ।

यस्तै धनगढीको टिममा दीपेन्द्रसिंह ऐरी, अरुण ऐरी, कमल सिंह, फिर्दोस अन्सारी, रोबन क्षत्री, सागर ढकाल, सुनम गौतम, सन्दीप जोरा र सौरभ खनाल रहेका छन् । यस्तै अस्मित खरेल, सुवेन्दू पाण्डे, सन्दीप रजाली, मन्जीत श्रेष्ठ, सन्दीप सुनार, विक्रम ठगुन्ना, रोड्रिगो थोमस र श्रीमन्था वेजारत्ना रहेका छन् ।

त्यस्तै आजको दोस्रो खेलमा दिउँसो साढे १२ बजे बुटवल ब्लास्टर्स र काठमाण्डौ गोल्डेन्स वारियर्स प्रतिस्पर्धा गर्नेछन् । 

बुटवलले पहिलो खेल खेल्दै छ भने काठमाण्डौको यो दोस्रो खेल हो । ज्ञानेन्द्र मल्लको काठमाण्डौ पहिलो जितको खोजिमा हुने छ भने सोमपाल कामीको कप्तानीमा रहेको बुटवल जितका साथ प्रतियोगिता सुरु गर्ने लक्ष्यमा हुने छ ।

बुटवल टिममा सोमपाल कामी, ललित भण्डारी,  विपिन खत्री, अविनाश बोहोरा, हरि चौहान, हसिम अन्सारी, कमल खत्री, सिद्धान्त लोहनी, सेर मल्ल, पुरन विके रहेका छन् । त्यस्तै शंकर राना, संसाद शेख, रविन्द्र साही, भीम सार्की, शिवम सिंह, नितेश थापा र हर्ष टंक पनि वुटवलकै टिममा छन् ।

त्यस्तै काठमाण्डौको टिममा कप्तान ज्ञानेन्द्रसँगै आदिल खान, पृथु वास्कोटा, सुवोध भाटी, अमृत भट्टराई, सुवास खकुरेल, जयकिशन कोल्शावाला, बसन्त रेग्मी अमर रौटेला रहेका छन् । त्यस्तै, पवन शर्राफ, अमित श्रेष्ठ, सूर्य तामाङ, गौरब तोमार र नन्दन यादव छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया