प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ – कीर्तिपुरमा कोठा तातो बनाउन कोइला बालेर सुतेका दुई जनाको ज्यान गएको छ ।
कीर्तिपुर नगरपालिका ८ को पाँगा बसपार्क नजिकै शर्मिला रञ्जितकार र उहाँको दुई महिनाको छोराको ज्यान गएको कीर्तिपुर प्रहरीले जनाएको छ ।
एउटा साघुँरो कोठामा श्रीमान, श्रीमती र दुई महिनाको छोरा कोइला बालेर सुतेका थिए । श्रीमान नवराज रञ्जितकारले बिहान श्रीमती र छोरालाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।
अक्सिजन अभावका कारणका ज्यान गएको हुनसक्ने प्रहरीको भनाइ छ ।