झडपमा घाइते भएका प्रहरीलाई थप उपचारका लागि काठमाडौं लगिँदै

 साउन ४, २०७५ शुक्रबार ८:१७:० | उज्यालो सहकर्मी

बाँके – जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजाने क्रममा उहाँका समर्थकहरुसँग भएको झडपको घटनामा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको छ ।

उपाध्यायको नेपालगञ्ज मेडिकल कलेजमा विहीबार रातिदेखि आईसीयूमा राखेर उपचार भैरहेको छ । उपाध्यायको स्वास्थ्यमा सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी राजेन्द्र अर्यालले उपाध्यायलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया