पीपीएल : पारस खड्काकाे चितवन राइनाेज र शरद भेषवाकरकाे पाेखरा पल्टन प्रतिस्पर्धा गर्दै

 पुस १, २०७६ मंगलबार ७:४१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत मंगलबार एउटा मात्रै खेल हुँदैछ । 

पोखरा रंगशालामा बिहान साढे ११ बजेदेखि सुरु खेलमा पारस खड्काको चितवन राइनोज र शरद भेषवाकरको पोखरा पल्टन प्रतिस्पर्धा गर्दैछन् । 

पोखरा पल्टन लगातार दोस्रो जितको खोजीमा हुनेछ भने चितवन पहिलो खेलमा जित हात पार्दै प्रतियोगिताको सुखद् सुरुवात गर्ने तयारीमा हुने छ ।

चितवनको टिममा कप्तान पारस खड्का सहित, आरिफ शेख, बाबर हायात, विक्रम भुषास, विक्रम सोब, रामनरेश गिरी, करण केसी, भुवन कार्की र सु्मित महर्जन छन् । यस्तै, रोहन मुस्तफा, अनिल साह, हरिशंकर साह, सोनु तामाङ र आकाश थापा रहेका छन् ।

पोखराको टिममा कप्तान शरद भेषावकरसहित सर्व्जित लड्डा, आकाश चन्द, आशिफ शेख, मेहबुब आलम, विनोद भण्डारी, कुशल भुर्तेल, प्रथमेश डेके, सुम घिमिरे रहेका छन् । त्यस्तै रविइन्दर सिंह, कृष्ण कार्की, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, ललित राजबंशी र रशिद खान छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया