लैङ्गिक अन्तर सूचकांक २०१९ मा नेपाल ४ स्थान माथि उक्लियाे

 पुस १, २०७६ मंगलबार १५:२५:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – वर्ल्ड इकोनोमिक्स फोरम (डब्ल्यूईएफ) को लैङ्गिक अन्तर सूचकांक २०१९ मा नेपाल १०१औँ स्थानमा रहेको छ । 

गएको वर्षभन्दा यो वर्ष नेपालले यो सूचीमा चार स्थान सुधार गरेको हो । सन् २०१८ को प्रतिवेदनमा नेपाल १०५औँ स्थानमा रहेको थियो । 

सन् २०१९ को यो सूचीको पहिलो स्थानमा आइसल्याण्ड रहेको छ । गएकाे वर्ष पनि आइसल्याण्ड पहिलाे स्थानमा थियाे । त्यस्तै दोस्रो स्थानमा नर्वे, तेस्रो स्थानमा फिनल्याण्ड, चौथो स्थानमा स्विडेन र पाँचौँ स्थानमा निकारागुवा रहेको छ । 

यसैगरी छैटौँ स्थानमा न्युजिल्याण्ड, सातौँ स्थानमा आयरल्याण्ड, आठौँ स्थानमा स्पेन, नवौँ स्थानमा रुवाण्डा र दशौँ स्थानमा जर्मनी रहेको छ । 

एसियाली देशकाे कुरा गर्ने हो भने बंगलादेश ५०औँ स्थानमा रहेको छ । इण्डोनेसिया ८५औँ, श्रीलंका १०२औँ, चीन १०६औँ, भारत ११२औँ र पाकिस्तान १५१औँ स्थानमा रहेको छ । 

यो सूचीमा यमन सबैभन्दा पुछारमा रहेको छ । यमन १५३औँ स्थानमा छ भने इराक १५२औँ स्थानमा रहेको छ । 

विश्व लैङ्गिक अन्तर सूचकांकले आर्थिक सहभागिता र अवसर, शैक्षिक योग्यता, स्वास्थ्य र जीवन रक्षा र राजनीतिक सशक्तिकरणजस्ता ४ आधारभूत विधाका आधारमा पुरुष र महिलाबीचको अन्तरजाँच गर्दछ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया