रुसी राष्ट्रपति पुटिनलाई ट्रम्पको निम्तो

 साउन ४, २०७५ शुक्रबार ९:३१:४३ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । ट्रम्पले पुटिनलाई शरद ऋतुमा अमेरिका भ्रमणको निम्तो दिएको उहाँको प्रेस सचिवलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पुटिनको अमेरिकी भ्रमणका बारेमा यस अघि नै छलफल भएको प्रेस सचिवले बताएका छन् । यस अघि ट्रम्प र पुटिनबीच फिनल्याण्डमा दुई पक्षीय वार्ता भएको थियो । वार्तामा अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा रुसले कुनै दख्खल नदिएको ट्रम्पले बताएका थिए । तर त्यसको भोलिपल्टै ट्रम्पले बोली फेर्दै रुसले केही दख्खल दिएको बताएका थिए । 


 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया