प्रज्ञा प्रतिष्ठानमा ‘मार्क्स फर्किए’

 पुस २, २०७६ बुधबार ९:३२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काल माक्र्सको जीवनको आधारमा तयार पारिएको नाटक ‘मार्क्स फर्किए’ को प्रज्ञा प्रतिष्ठानमा मञ्चन सुरु भएको छ । 

कार्ल मार्क्सले एकसय ४० वर्षअघि बिताएको जीवनको आधारमा नाटक तयार पारिएको हो । कार्ल मार्क्स जन्म द्विशत वार्षिकी समारोह समिति र नेपाल अध्ययन केन्द्रको आयोजनामा पुस १ गतेदेखि सुरु भएको नाटक ३ गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शन हुनेछ ।

नाटकमा मार्क्सको कठिनपूर्ण जीवन, परिवार र संघर्षका विषयवस्तु समेटिएका छन् । नाटकमा वर्तमान विश्व पूँजीवाद, समाज र धर्मका बारेमा मार्क्सको धारणा प्रस्तुत गरिएको छ ।

अमेरिकी लेखक तथा इतिहासकार हवार्ड जीनले लेखेको यो नाटक दामोदर उपाध्यायले अनुवाद गर्नुभएको हो । नाटकको निर्देशन तथा परिकल्पना सुनील पोखरेल र प्रवीण खतिवडाले गर्नुभएको छ ।

नाटकमा सुनील पोखरेल, निशा शर्मा, कमलमणि नेपाल, प्रवीण खतिवडा, सरस्वती चौधरी, रामभजन कामत, राम न्यौपाने, अन्जु देउजा, सुरज तमु, सुमित तामाङ, मौसम खड्का, सविन भट्टराई, उत्तमराज पाण्डे लगायतले अभिनय गरेका छन् ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया