नेपाली क्रिकेट टोलीलाई लन्डनमा भव्य स्वागत

 साउन ४, २०७५ शुक्रबार १३:१५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

लर्ड्समा जुलाई २९ तारिखमा हुने त्रिकोणात्मक टी–२० खेल्न लण्डन पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ ।

लण्डनको लर्ड्समा नेपाली राष्ट्रिय क्रिकेट टिमले सो दिन नेदरल्याण्ड्स र इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टी– २० खेल्ने छन् ।

नेपाली क्रिकेट टिमका कप्तान खड्को नेतृत्वमा १५ सदस्यीय टोलीका खेलाडीमध्ये शरद भेषवाकर अमेरिकाबाट विहीबार दिउँसो नै लण्डन पुगेका थिए ।

लण्डनको हिथ्रो विमानस्थलमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बेलायतस्थित नेपाली राजदूतावासका सेकेण्ड सेक्रेटरी लब सुवेदी, एनआरएन यूके महासचिव आरके त्रिपाठी तथा नेपाली क्रिकेटका फ्यान तथा नेपाल नर्सिङ एसोसिएसन युकेका उपाध्यक्ष विनोदविकास सिंखडा, नेपाली क्रिकेटका फ्यान गुमान थापा र ह्यामसायर क्रिकेट क्लबका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।

नेपाली क्रिकेट टोली जुलाई २४ तारिख साँझमा नेपाली राजदूतावास लण्डनले खेलाडीको स्वागतको लागि आयोजना गरेको रिसेप्सनमा सहभागी हुनेछ ।

नेपालले जुलाई २९ तारिखको त्रिकोणात्मक टी २० को तयारीको लागि बेलायतका विभिन्न स्थानिय क्रिकेट क्लबहरुसँग ४ वटा अभ्यास खेल्ने खेल्ने कार्यक्रम छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया