न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
काठमाण्डाै - नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ ।
‘यात्री मोटरसाइकल्स्’ को पहिलो परियोजनाका रुपमा रहको ‘प्रोजेक्ट जीरो’ को काम सकिएसँगै नेपालमै विद्युतीय मोटरसाइकल उत्पादन गर्ने घोषणा गरिएको कम्पनीका प्रमुख अशिम पाण्डेले जानकारी दिनुभयो ।
यो विद्युतीय मोटरसाइकलको च्यासिस पाण्डे आफैँले निर्माण गर्नुभएको हो भने इन्जिनीयर कनिष्क सुवालले मोटरसाइकलका अरु भागको निर्माण गर्नुभएको हो ।
विद्युतीय मोटरसाइकलको आयु औषत १० वर्षको हुने यात्री मोटरसाइकल्स कम्पनीले जनाएको छ ।