दूधको मूल्य घटाएकोमा चितवनका कृषकको आपत्ति

 साउन ४, २०७५ शुक्रबार १४:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनका कृषकहरुले दुधको मूल्य घटाएकोमा विरोध जनाएका छन । 

चितवन राप्ती नगरपालिकाका अगुवा कृषकहरुले दूधको मूल्य घटाएको विरोधमा शुक्रबार भण्डारास्थित पूर्वपश्चिम राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन् । 

सरकारी स्वामित्वमा रहेको डीडीसीले असार १५ गतेबाट दूधको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएसँगै अरु निजी  डेरीहरुले पनि दूधको मूल्य घटाउने क्रम सुरु गरेपछि त्यहाँका कृषकहरु आक्रोशित भएका हुन् । निजी डेरी उद्योगहरुले समेत दूधको मूल्य घटाएपछि त्यसको विरोधमा उत्रनु परेको राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका संयोजक डिल्लीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

समितिले पटक–पटक दूधको मूल्य घटाउने सरकारको निर्णयले कृषकलाई झनै मारमा पारेको पनि स्पष्ट पारेको छ । विदेशबाट आयातित पाउडरका कारण दुधको मूल्य घटदै गएको केन्द्रीय दुग्ध सहकारी संघका केन्द्रीय सदस्य बालकृष्ण उप्रेतीले बताउनु भयो ।

संघले दूधको मूल्य समायोजन नभए सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिँदै आएको छ । चितवनमा दैनिक करिब ४ लाख ७० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये करिब २ लाख ५० हजार लिटर दूध काठमाडाैं, पोखरा, हेटौंडालगायतका सहरमा जाने गरेको पनि उप्रेतीले बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • nabaraj sapkota

    July 20, 2018, 8:30 p.m.

    कृषकका दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दो छ । समान्य विषयमा पनि राम्रै कर तोकिएको छ । त्यो सीमा भित्र कृषक पनि परेका छन् । तर कृषकको मुख्य आयको स्रोतकै मूल्य घटाए पछि कृषकका लागि यो भन्दा ठूलो मार के होला ? सरकारको पछिल्ला कदमले गरिब र धनी बिचको खfडल झनै गहिरो बन्ने पक्का छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया