पीपीएल : धनगढी र विराटनगरलाई जित्नैपर्ने दबाब, चितवनकाे लक्ष्य फाइनल

 पुस ६, २०७६ आइतबार ७:३७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) मा आइतबार दुई खेल हुँदैछ । 

पोखरा रंगशालामा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर टाइटन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दा साढे १२ बजेपछि सुरु हुने दोस्रो खेलमा बुटवल ब्लास्टर्स र धनगढी ब्लुज खेल्नेछन् । 

चितवनसँगको खेलमा विराटनगरलाई गर या मर को अवस्था छ । प्लेअफको सम्भावना कायमै राख्न विराटनगरले आजको खेल जित्नैपर्छ, आज हार्दा विराटनगरको सम्भावना लगभग समाप्त हुनेछ ।

प्रतियोगितामा अपराजित रहेको चितवन आजको खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ, पाराजित भएका अन्तिम खेल कुर्नुपर्नेछ । विराटनगरले खेलेका तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको छ ।

यस्तै अर्को खेलमा बुटवल ब्लास्टर्स र धनगढी ब्लुज प्रतिस्पर्धा गर्नेछन् । आजको खेल धनगढीका लागि पनि गर या मरको अवस्थामा रहेको छ । लिगको पुछारमा रहेको धनगढी आज पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ । उसले तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको छ ।

यता बुटवलले पनि यो खेल जित्नेपर्ने हुन्छ । प्लेअफमा पुग्न बुटवलले धनगढीलाई हराउनु पर्नेछ । बुटवलका नियमित कप्तान सोमपाल कामीको कम्मरमा समस्याका कारण यसअघिको खेल खेलको थिएनन् । उनी आइतबारको खेलमा फिट हुने अपेक्षा गरिएको छ ।

बुटवलले तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोरेको छ । धनगढीले तीन खेलमा एकमा जित र दुईमा हार ब्यहोरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया