सुनसरीमा लुकाइराखेकाे एक थान ‘एसएलआर’सहित नौ हजार गोली फेला

 पुस ६, २०७६ आइतबार १५:५०:० | सुमन पुरी
unn.prixa.net

सुनसरी - सुनसरीको बराहक्षेत्रमा एसएलआर राइफलसहित ठूलो मात्रामा गोली फेला परेको छ ।

सुनसरी प्रहरीले छापा मार्दा कुखुराको खोरमा गाडेर राखेको अवस्थामा नौ हजार थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गोली र एसएलआर जमिनमुनि राखिएको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा ती हतियार र गोली बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताउनु भयो ।

बरामद गरिएको हतियारबारे अनुसन्धान भइरहेको प्रहरी प्रमुख पोख्रेलले बताउनु भयो । ठूलो परिणाममा गोली र अत्याधुनिक हतियार बरामद गरिएपछि भरौलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरिएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया