आजका मुख्य खबर : वर्षकै छोटो, तर घमाइलो दिन

 पुस ६, २०७६ आइतबार २०:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आइतबार डिसेम्बर २२ तारिख, वर्षकै सबैभन्दा छोटो दिन । दिन छोटो र रात लामो भए पनि अघिल्ला दिनहरुको तुलनामा मौसम सफा रह्यो ।मौसम खुलेपछि हिमाल र आसपासका डाँडापाखा पनि मनमोहक देखिए । 

छोटो र घमाइलो दिन आइतबारका मुख्य खबरमा सत्तारुढ नेकपाले एमसीसी परियोजनाबारे समान धारणा बनाउन नसकेपछि निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएको छ । अनि एमसीसीले सम्झौता अनुमोदन गर्न आग्रह गरेको छ ।

शनिबार मध्यराति अपहरणमा परेका दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरणमुक्त गराएको छ । 

पीपीएल क्रिकेटमा चितवन फाइनल नजिक र बुटवल प्ले अफमा पुगेका छन् भने ए डिभिजन लिग फुटबलमा एपीएफ र हिमालयन शेर्पाको बराबरी भएको छ ।

छोटो र घमाइलो दिन आइतबारका मुख्य खबर हेर्नुहोस् :

दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त

अतिक्रमित नेपाली भूमि फिर्ता गर्न तत्काल आवश्यक कदम चाल्ने नेकपाको निर्णय

सीमामा सरकारको उपस्थिति : आश जाग्दै तर आशंका कायमै

आज डिसेम्बर २२ : वर्षकै छोटो दिन !

सुनसरीमा लुकाइराखेकाे एक थान ‘एसएलआर’सहित नौ हजार गोली फेला

गीतकार एवं संगीतकार गुरुङको निधन, आजै अन्त्येष्टि सम्पन्न

वैदेशिक रोजगारीमा जाने बढे

नक्कली कम्पनीको लेखा नराख्न अर्थमन्त्री खतिवडाको निर्देशन

अब नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यक नम्बर पाइने

सम्झौता अनुमोदन गर्न एमसीसीको आग्रह, पूर्वाधार आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता

डेरी उद्याेगमा इलामका युवाकाे आकर्षण : छुर्पी अमेरिकासम्म पुग्छ, घिउ स्थानीय बजारमै बिक्छ !

आहा ! झ्याडीकाे चिटिक्क माझी बस्ती

पोखरा प्रिमियर लिग : धनगढी ब्लुज बाहिरियाे, बुटवलले भने प्लेअफ सम्भावना कायमै

ए डिभिजन लिग : एपीएफ र हिमालयन शेर्पाबीच एक-एक गोलको बराबरी

पाेखरा प्रिमियर लिग : विराटनगरलाई १८ रनले हराउँदै चितवन प्लेअफमा

खाना खेर जान नदिन साउदी अरबमा यस्तो थाल !

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया