कम समयमै चार्ज हुने र लामो समयसम्म ‘ब्याकअप’ दिने एक्साइडको ब्याट्री बजारमा

 पुस ८, २०७६ मंगलबार ८:४८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक्साइड इण्डस्ट्रिजको आधिकारिक नेपाली बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालीले यूपीएस ट्युब्लर ब्याट्री बजारमा ल्याएको छ । 

मंगलबार एक कार्यक्रमका बीच सिप्रदी ट्रेडिङ्ग प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र एक्साइड इण्डस्ट्रियल इण्डियाका महाप्रबन्धक अमिताभ बाक्षीले संयुक्तरुपमा ब्याट्री सार्वजनिक गरे । 

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो, ‘आगामी दिनमा यस ब्याट्रीले नयाँ उचाइ र आयाम छुने कुरामा विश्वस्त हुन सम्पूर्ण डिलरहरुलाई आग्रह गर्न चाहन्छु ।’ 

महाप्रबन्धक अमिताभ बाक्क्षीले नयाँ र अत्याधुनिक रोबस्ट स्पाइन टेक्नोलोजी जडित ब्याट्रीले लामो समयसम्म ब्याकअप दिने र कम समयमै चार्ज हुने विशेषताका कारणले आउने दिनमा यो ब्याट्री ग्राहकहरुको पहिलो रोजाइ हुने दाबी गर्नुभयो । 

४८ महिना वारेण्टी भएको ब्याट्रीमा डीप डिस्चार्ज गर्न मिल्ने, विशेष प्रकारको फ्लोटले गर्दा पानी हाल्दा सजिलो र पोखिने जोखिम कम हुने, एसिड लेभल उच्च भएको हुँदा बारम्बार रिफिल गरी रहने झमेला नहुने लगायतका विशेषताहरु रहेको कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया