टाटा मोटर्सको शोरुममा ‘क्रिशमस इभ’

 पुस ८, २०७६ मंगलबार १४:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - टाटा मोटर्सको नेपालको लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले क्रिशमसको अवसरमा ‘क्रिशमस इभ’ कार्यक्रमको आयोजना गर्ने भएको छ । कम्पनीको थापाथली शोरुममा मंगलबार साँझ ५ बजेबाट कार्यक्रम सुरु हुने भएको छ  । 

कार्यक्रममा सहभागी हुने ग्राहकहरुले कम्पनीका नयाँ र अत्याधुनिक डिजाइनका एचफाइभ, नेक्सन, टियागो, टिगोर, हेक्जा र स्ट्रोम लगायतका गाडीहरुको अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । 

साथै, जुनसुकै ब्राण्डका गाडीको एक्सचेन्जमा ५० लाख रुपैयाँसम्मको एक्सचेन्ज लोयालिटी बोनस र आकर्षक नगद छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । सहभागीहरुले कार्यक्रममार्फत लाईभ म्युजिकको मज्जा लिन सक्नेछन्  । 

यसैगरी कार्यक्रममा एक वर्षको सवारी कर भुक्तानी, प्रत्येक गाडीको आकर्षक मूल्यांकन, टेष्ट ड्राइभमा उपहार र बुकिङमा सरप्राइज गिफ्ट लगायतका सेवाहरु विशेष आकर्षणको रुपमा राखिने कम्पनीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया