सलमानको जन्मदिनमा ‘बिइङ ह्युमन’को विशेष अफर

 पुस ८, २०७६ मंगलबार १६:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – बलिउड सुपरस्टार सलमान खानको जन्मदिनलाई लक्षित गर्दै बिइङ ह्युमन क्लोथिङ नेपालले नयाँ स्किम सार्वजनिक गरेको छ। सलमानद्वारा सञ्चालित बिइङ ह्युमन फाउण्डेसन मातहत सञ्चालित बिइङ ह्युमन क्लोथिङले स्किम ल्याएको हो ।

स्किम अन्तर्गत याे ब्राण्डको १५ हजार बराबरको कपडा खरिद गर्नेले सलमानको जन्मदिन अर्थात डिसेम्बर २७ (पुष ११ गते) तारिखका दिन ‘दबगं–३’ फिल्मको एउटा टिकट र ‘बिइङ दबंग’ लेखिएको टि–सर्ट उपहार पाउने छन् ।

बिइङ ह्युमनका सञ्चालक सुदिपचन्द्र बख्रेलका अनुसार डिसेम्बर २७ को लागि एउटा सिनेमा हल नै बुक भैसकेको छ । सलमानको जन्मदिनमा सामूहिक रुपमा ‘वर्थ डे केक’ काटेर स्किम अन्तर्गतका ग्राहकलाई सिनेमा हेर्न लगिने उहाँले जानकारी दिनुभयो । 

त्यस दिनका लागि १ सयभन्दा बढी टिकट अग्रिम बुकिङ भईसकेको उहाँले बताउनुभयो । त्याे दिन बिइङ ह्युमन ब्रान्ड मार्फत निर्माण भएको विद्युतीय साइकल सार्वजनिक हुने भएको छ । फाउण्डेसनले बिइङ ह्युमन ब्राण्डका सामग्रीहरु बिक्री गरेबापत हुने आम्दानीको एक हिस्सा परोपकार तथा सामाजिक उत्तरदायित्वका लागि छुट्याउँदै आएको छ। 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया