दाङमा छुट्टा-छु्ट्टै दुर्घटनामा २१ जना घाइते

 पुस ९, २०७६ बुधबार १५:५१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ  - बुधबार दाङका भएका दुई दुर्घटनामा २१ जना घाइते भएका छन् । घोराहीबाट लमही जाँदै गरेको बसको ब्रेक फेल हुँदा मुसोट खोलाको ओरालोमा बस दुर्घटना भएको हो ।

रा १ ख १४८९ नम्वरको बस बुधबार दिउँसो  घोराही-लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३ मसोट खोलाको ओरालोमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका सूचना अधिकारी उत्तमकुमार जिसीले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनामा १९ जना यात्रुहरु घाइते छन् ।  घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३२ जना यात्रुहरु रहेको भए पनि अरुको अवस्था सामन्य रहेको सूचना अधिकारी जिसीले बताए ।

त्यसैगरी बुधबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत देउखुरीमा कार दुर्घटना भएको छ । विपरीत दिशाबाट आउँदै गरेका दुई वटा कार देउखुरीको राप्ती गाउँपालिका वडा नं. ५ दोलाई खोलाको पुस नजिकै एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

 बा १८ च १६२६ नम्बरको कार र  यूपी २ ९२९१ नम्बरको भारतीय नम्बर प्लेटको कार एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा सामन्य घाइते भए पनि मानवीय क्षेती नभएको सूचना अधिकारी जिसीले बताएका छन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया