श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

 साउन ४, २०७५ शुक्रबार २०:३:५७ | उज्यालो सहकर्मी

इलाम – श्रीमतीको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय इलामले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–२, बौद्धधामका ४८ वर्षीय केशरबहादुर मोक्तान रहेका छन् ।

प्रहरीका अनुसार मोक्तानले बाँसको लाठीले कुटपिट गर्दा उनकी श्रीमती मनमायाको मृत्यु भएको हो । मोक्तानले गएको बुधबार राति ५१ वर्षीया श्रीमती मनमाया मोक्तानको कालगतिले मृत्यु भएको भन्दै स्थानीयलाई खबर गरेको बताइएको छ । 

सामान्य घरायसी झगडामा केशरबहादुरले बाँसको लाठीले कुटपिट गर्दा मनमायाको मृत्यु भएको भन्ने खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया