७० हजार रुपैयाँ घुससहित सर्लाहीबाट घरेलुका ‘कम्प्युटर अपरेटर’ पक्राउ

 पुस ९, २०७६ बुधबार १७:५३:३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत कम्प्युटर अपरेटर नविनकुमार सिंंहलाई ७० हजार रुपैयाँ घुससहित पक्राउ गरेको  छ । आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले उनलाई बुधबार दिउँसो मलंगवामा रहेको घरेलुको कार्यालयबाट पक्राउ गरेको हो । 

उद्योग दर्ता गर्न सघाउने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा सिंंहलाई पक्राउ गरिएको हो । करारमा रहेका सिंंहलाई अनुसन्धानको लागि अख्तियारको कार्यालय बर्दिवासमा राखेर थप अनुसन्धान भइरहेको छ । अख्तियारले सर्लाहीबाट एक साताभित्र तीन जनालाई पक्राउ गरिसकेको छ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया