आँगनमा बालेकाे आगाेले जलेर सर्लाहीमा एक जनाकाे ज्यान गयाे

 पुस १०, २०७६ बिहिबार ११:२:८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – बरहथवा नगरपालिका १७ श्रीपुरमा आफ्नै घरमा आगो बालेर ताप्ने क्रममा जलेर बुधबार राति एक जना महिलाको ज्यान गएको छ । 

आफ्नै घरको आँगनमा ताप्न बालेको आगो शरीरमा सल्किएपछि घाइते हुनुभएकी ४० वर्षीया राजमति देवी साहको उपचारको क्रममा जनकपुर अस्पतालमा ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । 

त्यसैगरी विष्णु गाउँपालिका १ को बेल्वामा पनि आगो ताप्ने क्रममा जलेर २५ वर्षीया सरस्वती पासवान घाइते हुनुभएको छ । घरमा बालेको आगो ताप्ने क्रममा अचनाक साडीमा आगो सल्किएपछि घाइते हुनुभएकी पासवानको जिल्ला अस्पताल मलंगवामा उपचार भैइरहेको प्रहरीले जनाएको छ। 

त्यसैगरी आगलागीबाट ईश्वरपुमा तीन वटा पसल जलेर नष्ट भएको छ। बैयलवास बजारमा रहेको हकिम मियाँ, नुर अन्सारी र मजहर हुसेनको पसलमा बिजुलीको तार सर्ट भइ आगलागी हुँदा २१ रुपैयाँ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

स्थानीय नुर अन्सारीको पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया