आजको विशेष : बिहानभर चिसो र ग्रहण, बेलुकीपख सञ्चारमन्त्रीको भाषण !

 पुस १०, २०७६ बिहिबार २०:५:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पुस लाग्नेबित्तिकै दिनहुँ चिसो बढिरहेको छ । बिहीबार त काठमाण्डौको तापक्रम १ डिग्री सेल्सियसबाट पनि ओरालो लागेको छ । बिहान चिसोसँगै सबैको ध्यान सूर्यग्रहणले पनि तान्यो । आज बिहान करीब पौने ९ बजेदेखि साँढे ११ बजेसम्म खण्डग्रास सूर्यग्रहण लागेको हो ।

सूर्यग्रहण भएकाले आज सरकारले बिदा दिन्छ भन्ने अनुमान गरिए पनि सार्वजनिक बिदा भएन । केही विद्यालयले भने आफूखुशी बिदा दिएका थिए । केही ठाउँमा सूर्यग्रहण अवलोकन गर्ने व्यवस्था पनि मिलाइएको थियो ।

सधैंको बिहीबारजस्तै आज पनि  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्नुभयो । पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको निर्णयभन्दा पनि उहाँकै भाषणले बढी चर्चा पाउने गर्छ । आज पनि यस्तै भयो ।

समाजवादी पार्टीले सरकार छाडेपछि सरकारले फेरि विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने बहस भैरहेको सन्दर्भमा उहाँले सरकारसँग बहुमत नगुमेकाले विश्वासको मत लिनुपर्ने वा नपर्ने भन्ने बहस अर्थहीन भएको र विश्वासको मत लिनु परे पनि कुनै महाभारत नहुने बताउनुभयो । यस्तै पछिल्ला केही दिनदेखि चर्चा भैरहेको एमसीसी तथा गोकर्ण रिसोर्ट र नेपाल ट्रस्टको सम्पत्तीबारे पनि उहाँले सरकारको धारणा सार्वजनिक गर्नुभएको छ ।

हेर्नुहोस् बिहीबारका मुख्य खबर :

कहाँबाट कस्तो देखियो सूर्यग्रहण ?

यसरी नियालियाे नेपालबाट सूर्य ग्रहणलाई (तस्बिरसहित )

काठमाण्डाैकाे तापक्रम शून्य दशमलव ९ डिग्रीमा झर्‍याे

सरकारले विश्वासको मत लिनुपर्ने वा नपर्ने भन्ने बहस अर्थहीन : मन्त्री बाँस्काेटा

संसदले बनाएकाे कानुनअनुसार नै गाेकर्णकाे म्याद थपिएकाे हाे : रक्षा मन्त्री पाेखरेल

जब म जुत्ता नभएर नदौडने निर्णयमा पुगेकी थिएँ...

बालविवाह र दाइजो प्रथाविरुद्ध धर्मगुरु

राष्ट्रिय दिवसको अवसरमा कतारले दियो जेलमा रहेका ९ नेपालीलाई आममाफी

युवतीलाई 'बलि' दिने योजनामा रहेका सात जना पक्राउ

पुनर्निर्माणमा ४ वर्ष : ३ खर्ब ३५ अर्ब रुपैयाँ खर्च, अझै ३ खर्ब रुपैयाँ आवश्यक

जाडोमा ओठ फुट्ने समस्याबाट यसरी बच्नुस्

हातमा सीप छैन ? निःशुल्क सिक्नुहोस्

अब बसभित्रै पार्टी गर्न पाइने !

सुदूरपश्चिम प्रदेशमा भुवा नाचको रौनक

बुटवललाई हराउँदै विराटनगर पोखरा प्रिमियर लिगको फाइनलमा

ए डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई हराउँदै मनाङ शीर्ष स्थानमा

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया