कजाकस्तानमा हवाई जहाज दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुग्याे

 पुस ११, २०७६ शुक्रबार १०:५९:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुगेकाे छ । 

अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको थियाे । हवाई जहाजमा ९८ जना यात्रु र चालक दलका सदस्य  रहेको अधिकारीहरुले बताएका छन् ।

दुर्घटनामा आठ जना बालबालिकासहित ३५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारकाे लागि स्थानीय अस्पतालमा लगिएकाे छ ।  

अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।  

हवाई जहाजमा आगाे लागेकाे कुनै समाचार प्राप्त भएकाे छैन । हवाई जहाज स्थानीय समयअनुसार ७:२२ मा दुर्घटना भएकाे थियाे ।  

अधिकारीहरुका अनुसार हवाई जहाज दुर्घटनाकाे जाँच गर्न एउटा दल गठन गरिनेछ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया