शिक्षण अस्पताल पुगेर देउवाले भने - डा. केसीका पछाडि लाखौं नागरिक छन्

 साउन ५, २०७५ शनिबार ५:५१:२९ | उज्यालो सहकर्मी

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 

त्यस अवसरमा उहाँले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उहाँको जीवनरक्षाका लागि सरकारसँग माग गर्नुभयो । 

सभापति देउवाले लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुने बताउँदै डा केसीका माग जायज छन् र उनका पछाडि हामी लाखौँ नागरिक रहेको प्रतिक्रिया पनि दिनुभयो । 

स्वास्थ्य जोखिममा पर्नेसक्ने भन्दै सरकारले बिहीबार हेलिकप्टरमार्फत डा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएको थियो । शिक्षण अस्पतालमा रहनुभएका डा. केसीले अनसनलाई निरन्तरता दिनुभएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया