सिरिया युद्ध : १३ दिनमा साढे २ लाख नागरिकले घर छाडे

 पुस १२, २०७६ शनिबार ६:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरियाको इद्लिव प्रान्तबाट १३ दिनमा झण्डै साढे २ लाख नागरिकले घर छाडेका छन् । यही मंसिर २६ देखि गएको बुधबारसम्म १३ दिनमा इदलिवका २ लाख ३५ हजार नागरिकले घर छाडेका संयुक्त राष्ट्रसंघले जनाएको छ  ।

उत्तर दक्षिण सिरियाको इद्लिव, राष्ट्रपति बसर अल असद विरुद्ध रहेका विद्रोहीको कब्जामा रहेको शहर हो । रुस समर्थित सिरियाली सरकारले नोभेम्बर महिनादेखि आक्रमणलाई तिब्रता दिएपछि मध्य डिसेम्बरमा घर छाडेर भाग्नेको संख्या बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

आक्रमण पछि हजारौं परिवार ट्रक र कारमा उत्तरतिर रहेको शहर र शरणार्थी शिविरतिर लागेका बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया