आजको चर्चा : क्रिकेट मैदानमा पारस खड्का, सामाजिक सञ्जालमा कुलमान घिसिङ !

 पुस १२, २०७६ शनिबार २०:१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शनिबार दिनभर नेपाली क्रिकेटका लोकप्रिय खेलाडी पारस खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चर्चामा रहे । पारस खड्काको टिम चितवन राइनोजले पोखरा प्रिमियर लिगको उपाधि जित्दा एक समर्थक मैदानमा पुगेर उनको खुट्टा ढोगे ।

पारसलाई निकै मन पराउने र आइडलजस्तै मान्ने ती समर्थकले पुरै फाइनल खेलमा चितवनको समर्थन गरेका थिए । जब चितवनले विराटनगरलाई ३२ रनले पराजित गर्‍यो र पारस सहित अरु खेलाडी सेलिब्रेसन गरिरहेको अवस्थामा अचानक एक युवा पारसको नजिकै गएर खुट्टा ढोगे। यो खबर पढेर र सुनेपछि सामाजिक सञ्जालमा पारसको चर्चा भैरहेको छ ।

अनि आज नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पनि चर्चा भैरहेको छ । केही ठाउँमा बेलाबेला बिजुली जाने समस्या छ । बिजुली जानेबित्तिकै उपभोक्ताले ‘कुलमान जानुभयो, कुलमान हराउनुभयो, कुलमानले माया मार्नुभयो’ लगायतका प्रतिक्रिया दिने गरेका छन् ।

यसबारे उज्यालोले जिज्ञासा राख्दा घिसिङले हाँस्दै भन्नुभयो, ‘पहिला तालिका नै बनाएर लोडसेडिङ हुन्थ्यो, अहिले त्यस्तो छैन, बत्ती जाँदा कुलमान जानुभयो भन्ने प्रतिक्रियालाई मैले ममाथिको भरोसाको रुपमा लिएको छु  ।’

हेर्नुहोस् शनिबारको विशेष :

सामाजिक सञ्जालमा प्रश्न : कुलमान कता जानुभयो ? कुलमानकाे उत्तर- शनिबार पनि फिल्डमै छु​

पाेखरा प्रिमियर लिगकाे उपाधि चितवन राइनोजलाई : विराटनगर टाइटन्स ३२ रनले पराजित

जब समर्थकले मैदानमै पारस खड्काकाे खुट्टा छाेए ...

पीपीएल : करण केसी बेस्ट बलर, ज्ञानेन्द्र बेष्ट ब्याट्सम्यान र राेहन मुस्तफा म्यान अफ दी सिरिज

डिआइजीलाई चक्कु ताकेपछि...

देबु थापा : लड्दै पड्दै, अघि बढ्दै

वर्षमा दुईवटा नयाँ वर्ष : अझै पुगेन दिवस र उत्सव !

हिउँले खोसेको खुशी खोज्दै सगरमाथाको शीर

साताका तस्बिर

दश बुँदामा साझा धारणा बनाएर अघि बढ्ने सातै प्रदेशका कानुन मन्त्रीहरुको निर्णय

भुक्तानीकाे माग गर्द‌ै माइतीघरमा उखु किसानको धर्ना

शुक्लाफाँटामा अस्ताइन् ‘रतनकली’

सोमालियाको राजधानी मोगादिशुमा कार बम विस्फोट, ७३ जनाको ज्यान गयाे

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • rajmika rai

    Dec. 28, 2019, 9:03 p.m.

    नेपालको गाउँ गाउँमा राष्ट्रिय विद्युत प्रशारण लाइन बाट विद्युत वितरण गर्न जरुरी छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया