भोजपुरमा जीप दुर्घटना : चालकको ज्यान गयाे

 पुस १५, २०७६ मंगलबार १३:२२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – षडानन्द नगरपालिका १० काे खोटडाँडाबाट धरान जाँदै गरेको बोलेरो जीप दुर्घटना हुदाँ चालकको ज्यान गएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका धरान उपमहानगरपालिका १६ का २७ वर्षीय चालक फूर्वा तामाङको संखुवासभाको तुम्लिङटारमा रहेको मनोकामना अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएको छ ।

साेमबार राति सुन्तला लिएर धरानतर्फ जाँदै गरेको को २ च १७९२ नम्बरको बोलेरो जीप अनियन्त्रित भइ सडकबाट खस्दा दुर्घटना भएको थियाे ।

त्यस्तै दुर्घटनामा घाइते भएका तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ का २० वर्षीय सहचालक रविन मगरको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया