आजको विशेष : भ्रमण वर्षमा घुम्ने ठाउँ रोजी रोजी, उखु किसानलाई भुक्तानी नदिने उद्योगीको खोजी

 पुस १५, २०७६ मंगलबार २०:१९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मंगलबार अंग्रेजी नयाँ वर्ष सन् २०१९ को अन्तिम दिन । बुधबारदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२० सुरु हुँदैछ ।

पछिल्ला केही वर्षदेखि नेपालमा पनि अंग्रेजी नयाँ वर्षको स्वागतमा धेरै कार्यक्रम हुने गरेका छन् । यसवर्ष पनि देशका पर्यटकीय ठाउँमा अंग्रेजी नयाँ वर्षको स्वागतका लागि विभिन्न कार्यक्रम भैरहेका छन् । 

अंग्रेजी नयाँ वर्षसँगै नेपाल भ्रमण वर्ष २०२० पनि सुरु हुँदैछ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले विभिन्न तयारी गरिरहेको छ । हरेक प्रदेशले पनि आआफ्ना ठाउँका पर्यटकीय गन्तव्यको पहिचान गरेर त्यसैअनुसार पर्यटकको स्वागत गर्ने तयारी गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष र नेपाल भ्रमण वर्षको तयारी भैरहँदा उखु किसान भने अझै निराश छन् । चिनी उद्योगीले उखुको भुक्तानी नदिएको भन्दै उनीहरु केही दिनदेखि काठमाण्डौमा आएर धर्ना दिइरहेका छन् । मंगलबार गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

हेर्नुहोस् सन् २०१९ को अन्तिम दिन मंगलबारका मुख्य खबर :

नेपाल भ्रमण वर्ष : यस्ता छन् सात वटै प्रदेशको तयारी र पर्यटकीय गन्तव्य स्थल

पसिनाको मूल्य खोज्दै माइतीघरमा बूढो किसान !

उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

सीमासम्बन्धी छलफलका लागि भारतलाई मिति तोकेर पत्र पठाइयाे : मन्त्री ज्ञवाली

कालापानी क्षेत्रमा नापनक्सा गर्न गएको टोलीलाई भारतले रोक्याे : मन्त्री अर्याल

अतिक्रमित भूभाग तत्काल खाली गराउन सरकारलाई समितिकाे निर्देशन

दोलखाका तत्कालीन सीडीओ रिजाल पक्राउ

नारायणगढ–बुटवल चार लेन सडक निर्माणमा ढिलाइ, बिजुलीका पोल सार्नेबारे प्राधिकरण र विभागबीच जुहारी

मन्त्री भट्टराईकाे चेतावनी : आन्दाेलन गर्नेलाई कारबाही गर्छाैँ, कर्मचारी भन्छन्– 'प्राधिकरणलाई टुक्रा-टुक्रा पार्न खाेजियाे'

सुनकाे भाउमा नयाँ रेकर्ड

२ नम्बर प्रदेश : मन्त्रीमाथि जाइलागे प्रदेश सभा सदस्य, सुरक्षाकर्मीले जाेगाए

नयाँ वर्षमा एनसेलको आकर्षक अफर : डेटा प्याकमा ५० प्रतिशत छुट

बाजुराका १ सय बालबालिकाले खाेप लगाउन पाएनन्, स्वास्थ्य केन्द्र भन्छ : रेफ्रिजेरेटर बिग्रियाे, अब अर्काे महिना

मलेसियामा १२ सय रिंगिट तलब नदिने कम्पनीको मागपत्र प्रमाणिकरण नहुने

पुटिनलाई सत्ताको बागडोरसम्म पुर्‍याउने व्यक्ति !

ए डिभिजन लिग : ब्रिगेड ब्वाइजद्वारा हिमालयन शेर्पा एक-शून्यले पराजित

ए डिभिजन लिग : जाउलाखेलद्वारा च्यासल पराजित, साहुखलकाे एक सयाैँ गाेलकाे लक्ष्य पूरा भएन

क्रिकेट २०१९ : धेरै टेस्ट जित्ने अष्ट्रेलिया, टी-२० जित्ने भारत

सन् २०१९ मा बलिउड डेब्यू गरेका १० नयाँ अनुहार

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया