२०१९ मा एक दिवसीय क्रिकेट : ‘फ्ल्याशब्याक’

 पुस १५, २०७६ मंगलबार २०:५१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

३० डिसेम्बरमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डमाथि जित निकालेपछि २०१९ को क्रिकेट क्यालेण्डर अन्त्य भएको छ । नयाँ खेलहरु अब २०२० मा हुने छन् । २०२० को नयाँ क्यालेण्डर पनि तय भइसकेको छ ।

यस्ताे रह्याे २०१९ मा भएको आईसीसी एक दिवसीय क्रिकेटको ‘फ्ल्याशब्याक’ गराउँदैछौं ।

विश्वकपको फाइनल : सन् २०१९ को आईसीसी विश्वकप इंग्ल्याण्ड र वेल्समा आयोजना भएको थियो । उक्त विश्वकपको छनोट चरण पार गर्न असफल भएपछि नेपाली टिमको समर्थनमा हुटिङ गर्न भने यस पटक पनि नेपाली दर्शकहरुले पाएनन् । तर नेपाली टिम नभएपछि नेपाली समर्थकहरु पनि आफ्ना आफ्ना टिम र खेलाडी रोजेर मज्जा लिन भने सफल भए ।

आईसीसी विश्वकपमा सानदार तरिकाले सुरु भयो र अन्त्य भने केही खल्लो भयो । कारण थियो न्यूजिल्याण्ड र इंग्ल्याण्डबीचको फाइनल खेल । क्रिकेटको जननी मानिने इंग्ल्याण्डले विश्वकप सुरु भएको ४४ वर्ष पछि पहिलो पटक उपाधि जित्न सफल भयो । तर उसको जित भने विवादको घेरामा तानियो ।

क्रिकेटको मक्का मानिने लर्ड्समा १४ जुलाईमा इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच फाइनल भएको थियो । फाइनलमा दुवै टिमले २४१–२४१ रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट निकाल्ने तय गरियो । तर सुपर ओभरमा पनि दुवै टिमले १५–१५ रन बनाएपछि खेलको नतिजा चौका र छक्का प्रहार गरेको आधरमा तय गरियो ।

क्रिकेटमा प्रयोग गरिएको यो नियम पहिलो पटक थियो र त्यसैका आधरामा इंग्ल्याण्ड विजयी भयो । उक्त नियमको अहिले पनि सवैतिर आ आफ्नै तरिकाले ब्याख्या भइरहेको छ ।

मिचेल स्टार्कको कमाल :

अस्ट्रेलियाका लेफ्ट आर्म पेस बलर मिचेल स्टार्कले विश्वकपमा २७ विकेट लिए । यो एकै संस्करणमा सर्वाधिक विकेट लिने १३ वर्ष पुरानो रेकर्ड पनि हो । अस्ट्रेलियाकै ग्लेन म्याग्राले २००७ मा २७ विकेट लिएका थिए । त्यो रेकर्ड बराबरी गर्न स्टार्क सफल भएका थिए ।

जो रुटको १३ क्याच :

 इंग्ल्याण्डका ब्याट्सम्यान जो रुटले फिल्डिङ मार्फत विश्वकपमा सवैलाई प्रभावित पारे । उनले प्रतियोगिताभर १३ क्याच लिँदै रेकर्ड पनि बनाए । विश्वकपको एकै संस्करणमा सर्वाधिक क्याच लिने रेकर्ड पनि हो । यसअघि सन् २००३ मा ११ क्याच लिँदै अस्ट्रेलियाका रिकी पोन्टिङले यो रेकर्ड बनाएका थिए ।

केन विलियमसनको कप्तानी पारी :

न्यूजिल्याण्डका कप्तान केन विलियमसनले विश्वकप भरी ५७८ रन बनाए । यो एक विश्वकपमा एक जना कप्तानले बनाएको सर्वाधिक रन पनि हो । न्यूजिल्याण्डका तर्फबाट विश्वकपमा सर्वाधिक धेरै रन बनाउने खेलाडी पनि बनेका थिए ।

मोर्गनको छक्का :

इंग्ल्याण्डलाई पहिलो पटक विश्व च्याम्पियन बनाउने कप्तान हुने अयन मोर्गन । उनको ब्याटबाट राम्रो रन बनेको थियो । अफगानिस्तानविरुद्ध मोर्गन आफैँले १७ छक्का प्रहार गरेका थिए । उनले क्रिश गेलले बनाएको १६ छक्काको रेकर्ड तोडेका थिए । अफगानिस्तानविरुद्ध इंग्ल्याण्डले समग्रमा २५ छक्का प्रहार गरेको थियो ।

शाकिबको अलराउण्ड प्रदर्शन :

बंगलादेशका अलराउण्डर शाकिब अल हसनले एकै विश्वकपमा ५ सयभन्दा बढी रन बनाउने र १० विकेट लिने पहिलो खेलाडीको रुपमा आफूलाई दर्ता गरे । साथै यसअघिका विश्वकपलाई पनि जोडेर शाकिबले १ हजार बढी रन र ३० भन्दा बढी विकेट लिने पहिलो खेलाडीको कीर्तिमान पनि बनाए। यो विश्वकपमा उनले ६०६ रन बनाएका थिए । 

रोहितको शतक :

भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्माले इंग्ल्याण्डमा भएको विश्वकपको नौ पारी मा ६४८ रन बनाम्ए । जसमा पाँच शतक र एक अर्धशतक समावेश छ । इतिहासमा पहिलो पटक विश्वकपमा ५ शतक बनाएका हुन् । यसअघि श्रीलंकाका कुमार सांगाकाराले २०१५ को विश्वकपमा ४ शतक बनाएका थिए ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया