संखुवासभामा भिरबाट लडेर एक जनाको ज्यान गयाे

 पुस १६, २०७६ बुधबार १७:०:१३ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभाको सिलिचोङ गाउँपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–२ घर भएका अन्दाजी ४८ वर्षीय एकराज विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । 

प्रहरी निरीक्षक सन्तोषकुमार राईका अनुसार बुधबार भोजपुरबाट बालामा रहेकाे ससुराली घर आउने क्रममा महाभिर भन्ने ठाउँबाट लडेर विश्वकर्माकाे ज्यान गएको हाे । 

विश्वकर्मा बालाको महाभीरबाट करिब ५ सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ । घटनास्थलबाट जानकारी आएपछि सिसुवाटार प्रहरी चौकीबाट खटिएकाे प्रहरी टोलीले सम्पूर्ण कानूनी प्रकृया पूरा शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी ल्याएकाे छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट झण्डै एक दिनको पैदल दूरीमा पर्दछ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया