१३ लाख रुपैयाँ फिरौती माग्ने व्यक्ति पेस्तोलसहित पक्राउ

 पुस १७, २०७६ बिहिबार ६:३४:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – १३ लाख रुपैयाँ फिरौती रकम माग्ने एक जनालाई पाेस्ताेलसहित प्रहरीले दाङको घोराहीबाट बुधबार बेलुकी पक्राउ गरेको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका ५ राङकोट्का ३४ वर्षीय राजकुमार दमाइलाई एक थान कटुवा पेस्ताेल, त्यसमा लाग्ने गोली एक थान र एउटा मोटरसाइकलसहित पक्राउ गरिएकार्रे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

राजकुमारले एक हप्ताअघि घोराही उपमहानगरपालिकाकाे वीपी चाेकका एक व्यक्तिसँग १३ लाख रुपैयाँ फिरौती मागेको र ३ लाख रुपैयाँ दिँदै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ती व्यक्तिले राजकुमारले आफूसँग फिरौती रकम मागेको जानकारी प्रहरीलाई गराएका थिए । फिरौती रकम बापतकाे ३ लाख नक्कली रुपैयाँ लिन आएकाे अवस्थामा राजकुमार पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

राजकुमारले काे व्यक्तिसँग फिरौती रकम मागेका हुन् भन्ने बारे प्रहरीले खुलाएको छैन । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया