एक सय बीस मेगावाटकाे रसुवा भोटेकोशी जलविद्युत् आयोजना निर्माण सुरु

 पुस १७, २०७६ बिहिबार २०:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – एक सय बीस मेगावट क्षमताको रसुवा भोटेकोशी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । 

तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले अहिले सुरुङ निर्माणको काम सुरु गरेको छ । यो आयोजनाको लागत २० अर्ब ३८ करोड ९८ लाख ९४ हजार रुपैयाँ रहेको छ । 

आयोजनामा ९० प्रतिशत वैदेशिक र १० प्रतिशत नेपाली पक्षको लगानी रहेको छ । भोटेकोशी नदीमा बाँध बाँधेर ल्याइएको पानीलाई ४ हजार ८ सय ३५ मिटर लम्बाइको सुरुङमार्फत चिलिमे खोला र भोटेकोशीको संगमस्थलमा पावर हाउस निर्माण गरिनेछ । 

आयोजनाको सम्पूर्ण भौतिक संरचना भूमिगत हुनेछ । आयाेजनाका लागि २०७० पुस १८ गते वैदेशिक सहायता स्वीकृत भएको थियो । यो आयोजना लाङटाङ भोटेकोशी हाइड्रोपावर जलविद्युत् कम्पनी प्रालीले निर्माण गर्न लागेको हो । 

आयोजनाका अनुसार उत्पादन भएको विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत चिलिमे हबमा जोडिनेछ भने यसको दूरी पाँच किलोमिटर रहनेछ । यो आयोजना चीनको सिचुवान हुवानी इनर्जी इनभेस्टमेन्ट कम्पनी लिमिटेडको लगानीमा निर्माण हुन लागेको हो । 

आयोजनाको काम तोकिएको समयसीमाभित्र सम्पन्न हुने कम्पनीका प्रमुख दीपक खड्काले दावी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया