हेलिकाेप्टर दुर्घटनामा ताइवानका सेना प्रमुखसहित आठ जनाकाे ज्यान गयाे

 पुस १७, २०७६ बिहिबार १३:१५:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ताइवानमा हेलिकोप्टर दुर्घटना हुँदा ताइवानका सेना प्रमुख शेन यी–मिङको निधन भएको छ । 

राजधानी ताइपेई नजिकै पहाडी इलाकामा हेलिकाेप्टर दुर्घटना भएकाे हाे । हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । 

ताइवानको आधिकारिक केन्द्रीय समाचार संस्थाले सेना प्रमुखकको निधन भएको पुष्टि गरेको छ । दुर्घटनामा अन्य आठ जनाको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन् । 

सेना प्रमुख मिङ नयाँ वर्षमा पूर्वाेत्तर क्षेत्रमा रहेका सैनिकसँग भेट्न जाने क्रममा हेलिकोप्टर दुर्घना भएको हो । 

अहिले दुर्घटनाग्रस्त क्षेत्रमा खोज्ने र उद्धार गर्ने काम भइरहेको हवाई बलका कमाण्डर इन् चिफ् हो–चीले सञ्चारमाध्यमलाई जनाए । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया