बगदाद विमानस्थलमा रकेट आक्रमण, आठ जनाको ज्यान गयो : इराकी अधिकारी

 पुस १८, २०७६ शुक्रबार ७:१९:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इराकको बगदाद विमानस्थलमा रकेट आक्रमणमा परि आठ जनाको ज्यान गएको इराकी सुरक्षा अधिकारीले बताएका छन् । 

‘बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा रकेट प्रहार भएको छ, जसमा दुई वटा कार पूर्णरुपमा ध्वस्त भएका छन्’, इराकी आर्मीले जारी गरेको बयानमा भनिएको छ ।

आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको नाम नबताउने शर्तमा एक जना सुरक्षा अधिकारीले जानकारी दिए । 

केही दिनअघि इराकमा रहेको अमेरिकी दूतावासमा आक्रमण र नाराबाजीपछि अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्ने फैसला लिएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया