राष्ट्रकवि घिमिरेको भारतमा स्वास्थ्य परीक्षण हुँदै

 जेठ १०, २०७५ बिहिबार ९:२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्रकवि माधवप्रसाद घिमिरेको भारतमा स्वास्थ्य परीक्षण सुरु भएको छ ।

आन्तरिक रक्तस्राव नरोकिएपछि उहाँलाई थप उपचारका लागि बुधबार नयाँदिल्लीमा रहेको मेदान्त अस्पताल लगिएको हो ।  हिजै सामान्य स्वास्थ्य परीक्षण गरिएको र विहीबार अरु परीक्षण गरिने राष्ट्रकविकी बुहारी विजेता घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो । 

राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो । ९९ वर्षीय राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरिसकेको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया