कश्मीरमा ज्यान गुमाएका गोरखाका अर्जुनको उच्च सम्मानका साथ अन्त्येष्टि

 पुस १८, २०७६ शुक्रबार २०:७:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतको जम्मू–कश्मीरमा आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका नेपालका अर्जुन थापा मगरको शुक्रबार उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

भारतको पश्चिम बङ्गाल राज्यको बागडोगरा सैनिक क्याम्पमा अर्जुनको पारिवारको उपस्थितिमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनीसँगै आक्रमणमा ज्यान गुमाएका भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको पनि अन्त्येष्टि गरिएको हो ।   

मृतकको शवमा सैनिक कमाण्डर, विशिष्ट अधिकारी लगायतले माल्यार्पण गर्दै हार्दिक श्रद्धाञ्जली प्रदान गरेका थिए । 

यो पनि पढ्नुस्

गएको बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भारतीय र आतंकवादीको सङ्घर्षमा नेपालका अर्जुन र भारतका सन्दीपको ज्यान गएको थियो । 

२५ वर्षे जवान अर्जुन थापा मगर गोरखा जिल्लाको विकट गाउँ रिपका हुनुहुन्छ । उहाँकी श्रीमती सरिता थापा मगर हुनुहुन्छ । त्यस्तै २९ वर्षीय भारतीय नागरिक सन्दीप महाराष्ट्र राज्यको सतारा जिल्लाको मुन्डे गाउँका हुनुहुन्छ । उहाँकी स्मिता सावन्त नाम गरेकी श्रीमती हुनुहुन्छ ।  

अर्जुन र सन्दीप निकै अनुशासित र कर्मनिष्ठ सैनिक भएको भन्दै सेनाले प्रशंसा गरेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया