दक्षिण अफ्रिकाका बलर डेल स्टेन फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने

 पुस १९, २०७६ शनिबार ६:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाका बलर डेल स्टेन फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने भएका छन् । उनले इंग्ल्याण्डविरुद्धको सिरिजमा खेल्न सम्भावना रहेको जनाइएको छ ।

स्टेन अहिले विग बास लिग खेलिरहेका छन् । क्रिकेट डटकम डट एयुसँगको कुराकानीमा स्टेनले इंग्ल्याण्डविरुद्धको टी २० टिममा रहने बताएका हुन् । टिममा फर्कने विषयमा छलफल भइसकेको पनि उनले बताएका छन् ।

स्टेनले टी २० विश्वकप आफ्नो लक्ष्य रहेको पनि बताएका थिए । डेल स्टेनले गएकाे वर्ष टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

खेलका क्रममा २०१६ मा घाइते भएपछि लामो समयसम्म मैदान बाहिर बसेका स्टेनले २०१९ को मार्चमा टी २० र एक दिवसीय क्रिकेट खेलेका थिए । त्यस यता उनी दक्षिण अफ्रिकाको टिममा थिएनन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया