बसले घरमा ठक्कर दिँदा भक्तपुरमा एक जनाकाे ज्यान गयाे

 पुस १९, २०७६ शनिबार ७:५७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भक्तपुरको दुवाकोटमा बसले घरमा ठक्कर दिँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ६ का हिमबहादुर तामाङको ज्यान गएको छ ।

शुक्रबार बेलुकी सरस्वतीखेलबाट खड्काडिलका लागि छुटेको बा १ ख ९०९० नम्बरको बस चाँगुनारायण नगरपालिका १ दुवाकोटमा सडक किनारमा रहेको तामाङको अस्थायी घरमा ठोक्किँदा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ३० वर्षका तामाङको उपचारको क्रममा ज्यान गएको हो । उकालोमा ब्रेक फेल भएर बस दुर्घटना भएको र दुर्घटनामा सामान्य घाइते भएका चालक र यात्रु उपचारपछि घर फर्किएकाे प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया