खोटाङमा वडाध्यक्षमाथि हातपात

 पुस २०, २०७६ आइतबार १८:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – दिप्रुङ चुईचुम्मा गाउँपालिका–२, डाँडागाउँका वडाध्यक्षमाथि हातपात भएको छ ।

लेनदेनको विषयमा उत्पन्न विवाद समाधानका लागि छलफल गराउने क्रममा आइतबार वडाध्यक्ष भिमबहादुर खत्रीमाथि कार्यकक्षमै हातपात भएको हो । काका श्याम मंग्राती र भतिज अर्जुन मंग्रातीबीच लेनदेनको विषयमा भएको विवाद मिलाउनका लागि छलफल गराउने क्रममा अर्जुनले वडाध्यक्ष खत्रीलाई मुक्का हानेको प्रत्यक्षदर्शीले बताएका छन् । 

छलफल गराउने क्रममा जाँडरक्सी खाएर आएका अर्जुन मंग्रातीले हातपात गरेको वडाध्यक्ष खत्रीले बताउनुभयो । यसै क्रममा मंग्रातीले सहायक कर्मचारीलाई समेत छातीमा मुक्का हानेको बताइएको छ । 

वडाध्यक्षलाई मुक्का हान्ने ३० वर्षीय मंग्रातीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएकाे प्रहरी निरीक्षक आमोदकुमार खेरबारले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया