आइतबारको मुख्य चर्चा - नेपालमा फेरि वर्षा र हिमपात : अस्ट्रेलियामा डढेलो, मध्यपूर्वमा तनाव !

 पुस २०, २०७६ आइतबार २०:२६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शुक्रबार र शनिबारको झरी र हिमपातपछि आइतबार दिनभर मौसम सफा रह्यो । तर सोमबार बेलुकीदेखि फेरि मौसम बदली हुने मौसमविदले बताएका छन् । मौसमविदका अनुसार फेरि वर्षा र हिमपातको सम्भावना छ ।

सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम कायमै छ । आइतबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको छ । गएको शुक्रबार पसुनको भाउतोलाको ७४ हजार ५ सय रुपैयाँ थियो ।

आइतबार राष्ट्रिय सभाका १८ नयाँ सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । 

अन्तर्राष्ट्रिय प्रसंगमा अस्ट्रेलियामा लागेको भीषण आगलागी निभाउन अझै केही महिना लाग्ने भएको छ । डढेलोका कारण ५० करोड वन्यजन्तु मरेका खबर सार्वजनिक भएको छ ।

अस्ट्रेलियामा आगोले डरलाग्दो रुप लिइरहँदा मध्यपूर्वमा अमेरिका र इरानबीचको तनावले फेरि अर्को चिन्ता थपेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि पुनः आक्रमण गरे इरानका ५२ वटा स्थानमा तत्काल प्रत्याक्रमण गरेर कडा जवाफ दिने धम्की दिएका छन् । अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको बग्दादमा मृत्यु भएपछि  इरानले सुलेमानीको हत्याको बदला लिने उद्घोष गरिसकेको छ ।

हेर्नुहोस् आइतबार दिनभरका मुख्य खबर :

फेरि हिमपात र वर्षाको सम्भावना

सुनकाे भाउ अहिलेसम्मकै महँगाे

‘पासपोर्टमा गरेको लगानीले दुःख दियो’

बालविवाह रोक्दै राैतहटका किशोरी (भिडियो)

गोरखा–काठमाण्डौ ‘एकीकरण पदमार्ग’ : यसरी गर्न सकिन्छ यात्रा

खाडीबाट फर्किएर कफी नर्सरी : व‍ार्षिक लाखाैँ आम्दानी

पक्राउ परेका १२२ सय चिनियाँ नागरिक एक-एक हजार धरौटी बुझाएर रिहा

राष्ट्रिय सभामा १८ जना नयाँ अनुहार फेरिँदै, अर्थमन्त्री खतिवडा दोहोरिने सम्भावना

केन्द्रीय कमिटी बैठक तीन हप्ता पर सार्ने नेकपा सचिवालय बैठककाे निर्णय

नेकपा संसदीय दलको बैठकले प्रदेश ३ को राजधानी र नामबारे निर्णय गर्न सकेन

आफूखुसी औषधि खानुहुन्छ ? ख्याल गर्नुहोस् ज्यानै जान सक्छ !

अस्ट्रेलियामा लागेको आगो नियन्त्रणभन्दा बाहिर, ५० करोड वन्यजन्तु मारिए

अमेरिका–ईरान तनाव : ‘तेस्रो विश्वयुद्धको कालो बादल मडारिन थाल्याे!’

अमेरिकी सरकारी एजेन्सीकाे वेबसाइट 'ह्याक'

राष्ट्रिय टिमबाट खेलिसकेका डिफेन्डर रविन श्रेष्ठ चाेटमुक्त : दुई वर्षपछि मैदान फर्किए

नेपालमा हुने अमेरिका, ओमान र नेपाल सम्मिलित एक दिवसीय क्रिकेट सिरिजको तालिका सार्वजनिक

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया