अमेरिकी सेनालाई फिर्ता पठाउने प्रस्ताव इराकी संसदबाट पारित

 पुस २०, २०७६ आइतबार २३:४:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – इराकको संसदले एक प्रस्ताव पारित गर्दै सबै विदेशी सैनिकलाई देश छोड्न भनेको छ । 

ईरानी सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले गएको शुक्रबार इराकको राजधानी बगदादमा हवाई आक्रमणमार्फत हत्या गरेको थियो ।

यो घटनापछि इराकको संसदले यो सबै विदेशी सैनिकलाई देश छोड्न भनेको हो । इराकमा अझै पाँच हजार अमेरिकी सैनिक रहेका छन् । संसदले सरकारलाई भनेको छ, ‘विदेशी बललाई इराकको जमिन, हवाई क्षेत्र र जलक्षेत्रको प्रयोग गर्नबाट रोकियोस् ।’

इराकको संसदले सरकारसँग अमेरिकी सेनाको सबै प्रकारको मद्दत बन्द गर्न भनेका छन् । अल–अरयिबाका अनुसार इराकी संसदको विशेष सत्रमा प्रधानमन्त्री अब्दुल महदीले जतिसक्दो चाँडो इराकबाट विदेशी सैनिकको उपस्थिति समाप्त गर्न भनेका छन् । 

प्रधानमन्त्री महदीले इराक आफै आफ्नो आन्तरिक र बाह्य समस्यासँग लड्नसक्ने बताए । उनले ईरानी सैन्य कमाण्डर मारिनु एक राजनीतिक हत्या भएको बताए । 

यद्यपि यो बाध्यकारी भने होइन । अमेरिकी सैनिकको उपस्थितिलाई भने यसले केही असर गर्ने छैन । यदि विदेशी सैनिकलाई इराक बाहिर गर्न चाहन्छ भने उसले सम्झौता समाप्त गर्ने नयाँ विधेयक ल्याउनु पर्ने हुन्छ । 

इराकका प्रधानमन्त्री महदीले भने, ‘इराकसँग दुई वटा विकल्प छन् । अमेरिकी सैनिकले देश छोड्न हामी तत्काल नयाँ विधेयक पास गर्नेछौँ या हामी अमेरिकी सैनिकलाई ट्रेडिङसम्म मात्र सीमित गर्नेछौँ’ ।’ 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया