के हो ‘म्याक फोर्टी स्टार’?

 पुस २१, २०७६ सोमबार १९:५९:२० | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौ – ‘भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड’ले उत्पादन गरेको ‘म्याक फोर्टी स्टार’ लुब्रिकेन्ट्स नेपाली बजारमा विक्री हुँदै आएको छ । सिप्रदी टेड्रिङ प्रा.ली. म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो ।

प्रालीले नेपालमा लामो समयदेखी यो लुब्रिकेन्ट्सको कारोबार गर्दै आएको छ । अन्य लुब्रिकेन्ट्सको तुलनामा म्याक फोर्टी स्टारको प्रयोग गरिएका दुई तथा चारपांग्रे सवारीले धेरै माइलेज दिने गर्छ ।

साथै, यसले इन्जिनको आयुलाई समेत बढाउने गर्छ । यो लुब्रिकेन्ट्स विशेषत दुइपांग्रे सवारीमा प्रयोग हुँदै आएको छ । यो लुब्रिकेन्ट्सको प्रयोग भएका ग्रामीण क्षेत्रका कच्ची सडकमा गुड्ने पुराना मोटरसाइकल वा स्कुटरले समेत राम्रो पर्फर्मेन्स दिने गर्छन् ।

लुब्रिकेन्ट्स एक पटक प्रयोग भएका गाडीलाई १५ सयदेखि २ हजार किलोमिटरसम्म गुडाउन सकिन्छ । त्यसपछि, लुब्रिकेन्ट्स परिर्वतन गरे पनि गाडी भने कन्डिसनमा नै रहने गर्छ ।

लुब्रिकेन्ट्सको गुणस्तर यसमा भएको बेस आयल र ग्रेडिङले मापन गर्छ । एस जी ग्रेडको ग्रुप टु बेस आयलबाट निर्माण भएको म्याक फोर्टी स्टार लुब्रिकेन्ट्सलाई गुणस्तरयुक्त लुब्रिकेन्ट्सको रुपमा लिइन्छ । याे लुब्रिकेन्ट्स सिप्रदीको सबै नेटवर्कबाट सजिलै पाउन सकिन्छ ।

उच्च गुणस्तर र आधुनिक प्रविधिबाट उत्पादन भएको हुँदा यो लुब्रिकेन्ट्सलाई नेपाली उपभोक्ताले निक्कै रुचाइरहेका छन् । यो नेपाली बजारमा सर्वाधिक विक्री हुने लुब्रिकेन्ट्सको ब्रान्डमध्ये एक हो । 

म्याक लुब्रिकेन्ट्स सबै प्रकारका सवारी साधनका लागि उपलब्ध हुने गर्छ । विशेषगरी हेभी गाडी, ट्रयाक्टरकासाथै चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीमा उच्च गुणस्तरको लुब्रिकेन्ट्सको रुपमा प्रयोग हुँंदै आएको छ । साथै, औद्योगिक क्षेत्रमा पनि म्याक लुब्रिकेन्ट्सको प्रयोग गर्दा उचित रहन्छ । 

(म्याक लुब्रिकेन्ट्सका सेल्स म्यानेजर सुदिप क्षेत्रीसँग उज्यालाे सहकर्मीले गर्नुभएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत २८, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया