घरखेतमा बाढी पसेपछि वडा कार्यालयमा शरण लिन पुगे वडाअध्यक्ष

 साउन ५, २०७५ शनिबार १९:१८:२९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष टेकबहादुर पुनको घरखेतमा बाढी पसेपछि उहाँको बिचल्ली भएको छ ।

सानीभेरी गाउँपालिका वडा नम्बर १ पक्रैयाँमा रहेको घर र वरिपरीको ६ रोपनी जग्गा बाढीले क्षति गरेपछि वडा अध्यक्ष वडा कार्यालय पुग्नुभएको हो । बिहीबार साँझ ४ बजेदेखि परेको अबिरल वर्षाका कारण घरभन्दा माथिको खहरे खोलाको बाढीले घरखेत पुरेको छ । बाढीले मानवीय क्षति नगरे पनि घर र खेतमा बाढी पस्दा खेतको बाली, आँप र लिचीको बगैँचा पूर्ण रुपमा क्षति गरेको छ ।

अध्यक्ष पुनले बाढीले गर्दा आफू घरबारबिहीन जस्तै भएको बताउनुभयो । उहाँले वडाका अन्य घर खेतहरु समेत जोखिममा रहेको बताउनुभयो । उहाँले छोराछोरी जिल्ला बाहिर रहेको र घरमा आमा, श्रीमती र आफू रहेकोले वडा कार्यालयमा बस्न आइपुगेको बताउनुभयो । 

साविकको पूर्तिमकाँडा गाविसमा पर्ने पक्रैयाँ बस्ती र आसपासको क्षेत्र बाढी पहिरोको उच्च जोखिममा रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया